Logo

कोरोनाबाट आज २३ जनाको मृत्यु



काठमाडौं, ११ मंसिर । कोरोना संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १४१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १६ सय १४ थपिएका छन् ।

आज  १४ सय ३७  जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख २७ हजार ६ सय ४० संक्रमित भएपनि २ लाख ९ हजार ४ सय ३५ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १६ हजार ७ सय ९३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।  आजसम्म १७ लाखको पिसीआर परिक्षण भएको छ भने १६ हजार ७ सय ९३ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय ८० रहेको छ ।



प्रतिक्रिया दिनुहोस्