Logo

कुँवर तोकिए प्रहरीको केन्द्रीय प्रवक्ता



काठमाडौं, ११ मंसिर । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा बसन्तबहादुर कुँवरलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रवक्ता तोकेको हो ।

नेपाल प्रहरीद्धारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यपरक रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्