Logo

दीपक मनाङेले नै श्रीमती पक्राउ गराएको खुलासा



काठमाडौं, ११ मंसिर । डन पृष्ठभुमीका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे आफैंले कान्छी श्रीमती छिदेन डोल्मा लामालाई पक्राउ गराएको खुलेको छ । आफ्नो घरको सम्पत्ति चोरी गरेको आरोपमा उनले पक्राउ गराएका हुन् ।

३४ वर्षीया लामालाई चोरी मुद्दाको कसुरमा पक्राउ गरिदिन माग गर्दै मनाङे आफैं मकवानपुर प्रहरीमा पुगेका थिए।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार लामामाथि चोरी तथा डकैती कसुरको जाहेरी छ। उक्त जाहेरी पोखरा महानगरपालिका(१० बस्ने रोनित गुरुङले दिएका हुन्। रोनित मनाङेका सहयोगी हुन् । उनले रोनितकै नाममा आफ्नो सम्पत्ति राखेका छन् ।

जाहेरीमा रोनितले चाँदीका आठ वटा अंखोरा र पाँच वटा बुद्ध मूर्ति चोरी डकैती गरेको उल्लेख गरेका छन्। श्रीमानसँग झगडा भएपछि उनले ती सामान लिएर माइत गएकी थिइन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्