Logo

सुडानका पूर्व प्रधानमन्त्री मेहदीको कोभिड–१९ सङ्क्रमणपछि मृत्यु



११ मङ्सिर: सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ । उनी ८४ वर्षको थिए ।

उनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनको दलले पुष्टि गरेको छ ।

मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए । उनलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि निरन्तर आवाज उठाउँदै आएका थिए ।

नरमपन्थी इस्लामिक नेशनल उमा पार्टीका नेतालाई तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि यूनाइटेड अरब इमिरेट्स पठाइएको थियो ।

मेहदीको पार्टीद्वारा आफ्ना नेताको मृत्युप्रति दुःख व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ, “नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ ।”

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि सङ्घर्ष गरेका थिए ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्