Logo

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउन राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौँ, ११ मङ्सिर: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई आज साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन् । राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए ।

आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्