Logo

२३ करोड ठगी फरार भएका न्यौपाने पक्राउ



भक्तपुर, मंसिर १२ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप मन्थली नगरपालिका–८ घर भएका उनी काठमाडौं चण्डोलमा बस्दै आएका थिए ।

इन्जिनियरिङ कलेज सञ्चालनमा आर्थिक अनियमितता गरेको अभियोग लागेपछि फरार रहेका न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले पक्राउ गरेको ब्युरोका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिए ।

इन्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट २३ करोड १० लाख २३ हजार ४ सय ४३ रुपियाँ बेरुजु देखिएको र न्यौपानेको नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपियाँ बेरुजु रही ठगी गरेको अभियोग न्यौपानेलाई लाग्दै आएको थियो ।

आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपियाँ घूस दिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो । पक्राउ परेका न्यौपानेसहित पाँच जनाविरुद्ध ठगी मुद्दामा ब्युरोले अनुसन्धान गरिरहेको छ ।

ठगीसम्बन्धी कसूरमा संलग्न ६४ वर्षीय लम्बोदर न्यौपानेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । कलेजको सम्पत्ति विभिन्न परिपञ्च गरी संस्थालाई हानि–नोक्सानी गरी क्षति पु¥याई आफू र अन्य संलग्न व्यक्तिलाई लाभ पु¥याई ठगी गर्ने कार्यमा संलग्न उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्