Logo

छलफलबाटै सीमा विवाद मिलाउने सहमति



काठमाडौं, मंसिर १२ । नेपाल–भारत सीमा विवादका कारण करिब एक वर्षयता देखिएको संवादहीनताको अवस्था पछिल्लो समय बिस्तारै हट्दै गएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला र नेपाली समकक्षी भरतराज पौड्यालबीच बिहीबार सम्पन्न बैठकमा आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति भएको छ। बैठकमा भारतीय टोलीको नेतृत्व सचिव श्रींगला र नेपाली पक्षको नेतृत्व सचिव पौड्यालले गरेका थिए।

‘हामीबीच निकै फलदायी बैठक भएको छ,’ भारतीय विदेश सचिव श्रींगलाले सञ्चारकर्मीसँग भने, ‘दुई पक्षीय सहकार्यका कैयौं विषयमा छलफल भएको छ।’

बैठकमा द्विपक्षीय सहयोगको समीक्षा र आपसी हितका मुद्दामा छलफल भयो। त्यस्तै दुवै देशबीच उत्पन्न सीमा विवादका विषयमा पनि छलफल भयो। सीमा विवाद आपसी छलफलबाटै समाधान गर्ने सहमति बनेको बैठक स्रोतले बतायो। बैठक र भेटमा दुवै समकक्षीले द्विपक्षीय परियोजनाहरूको प्रगतिको सराहनासमेत गरे। नेपाल–भारतबीच सीमा विवादलाई लिएर तिक्तता सुरु भएको करिब एक वर्षपछि दुई देशका बीचमा विदेश सचिवस्तरीय बैठक भएको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्