काठमाडौं, १२ मंसिर । गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा विहान भएको घटनामा पाँचजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
इस्मा गाउँपालिकाको हुलबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप सडकबाट खसेको थियो । जिपमा चालक र सहयोगीसहित नौ जना थिए । घुम्तीमा मोड्दा जीप खसेको थियो । घटनामा चालक बुद्ध बस्नेत र सहयोगी कमाल हितान भने सकुशल रहेको बुझिएको छ । उनीहरुमाथि सोधपुछ भइरहेको छ ।
घटनामा मृत्यु हुनेहरु
इस्माका ६५ वर्षीय डम्बर हितान
१९ वर्षीय पर्शुराम थापा
३३ वषीृ शिव दर्लामी
३० वर्षीय वसन्त दर्लामी
३३ वर्षीय धनबहादुर अछामी
मालिका गाउँपालिकाकी ८० वर्षीया सुन्दरी थापा
घाइते २८ वर्षीया सरस्वती दर्लामी




प्रतिक्रिया