Logo

युवक मृत फेला



महेन्द्रनगर, मंसिर १२ । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमार्इं मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिनुभयो । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ । “मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “विस्तृत अनुसन्धान हुँदैछ ।” रासस



प्रतिक्रिया दिनुहोस्