Logo

भारतीय विदेश सचिवसँगको भेटमा हामीले नेपालका समग्र चासोका विषयहरु अगाडि सारेका छौं, त्यसमा सिमाका विषय पनि उठाईएको छ : मन्त्री ज्ञवाली



काठमाडौं, १२ मंसिर । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबै खाले समस्याहरु समाधान गर्ने दिशातर्फ दुवै देश गम्भीर भएर लागिपरेको स्पष्ट पारेका छन् । उनले लामो समय रहेका अवरोधहरुलाई पन्छाउँदै भारतीय विदेशसचिव नेपाल भ्रमणमा आएको र उनीसँगका द्धिपक्षीय भेटहरुमा आफूहरुले नेपालका समग्र चासोका विषयहरु अघि सारेको पनि स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्ञवालीले भनेका छन्,‘ उहाँकासँगका द्धिपक्षीय भेटहरुमा हामीले नेपालका समग्र चासको विषयहरु अगाडि सारेका छौं । त्यसभित्र यहाँले भनेजस्तो सिमाका विषय पनि उठाईएको छ । र, यी समस्याहरुलाई आपसी परामर्शबाट र औपचारिक बैठकहरुबाट छलफल गरेर वार्ताको माध्यमबाट टुँग्याउने समझदारी भएको छ ।’ प्रस्तुत छ मन्त्री ज्ञवालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँ र भारतीय विदेशसचिवबीच भेटवार्ता भयो, अब सिमा विवाद समाधानको लागि बाटो खुलेको हो ? एजेण्डा बनेको हो ? समस्या समाधानको लागि भारत तयार भएको हो ?

लामो समय रहेका अवरोधहरुलाई पन्छाउँदै भारतीय विदेशसचिव नेपाल भ्रमणमा आउनुभएको छ। उहाँकासँगका द्धिपक्षीय भेटहरुमा हामीले नेपालका समग्र चासोको विषयहरु अगाडि सारेका छौं । त्यसभित्र यहाँले भनेजस्तो सिमाका विषय पनि उठाईएको छ । र, यी समस्याहरुलाई आपसी परामर्शबाट र औपचारिक बैठकहरुबाट छलफल गरेर वार्ताको माध्यमबाट टुँग्याउने समझदारी भएको छ । अर्थात नेपालको सिमासम्बन्धी समस्या, ईपिजी प्रतिवेदनलगायत सबै विषयहरु र द्धिपक्षीय सम्बन्धलाई बलियो बनाउनुपर्ने सबै विषयहरु वार्ताको टेबुलमा पुगेका छन् ।

तपाईँहरु लामो समयको सम्वादहिनता तोड्न सफल हुनुभयो ? लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भू–भाग फिर्ता ल्याउनको लागि सम्भव होला मन्त्रीज्यू ? के छ नेपाल सरकारको तयारी ?

पहिलो कुरा, हामीले विगतमा पनि भन्दै आएका छौं । नेपालले यी स्थानहरुमा आफ्नो अडान राखेको भनेको सुगौली सन्धिका आधारमा हो । सुगौली सन्धि १८१६ मा महाकाली पूर्वका भूभागहरुलाई नेपालको भनेर स्पष्ट पारेको छ । र, महाकालीको मुहान लिम्पियाधुराबाट निस्किने कुटियाङ्दी नदी हो भन्ने कुरामा कहीँ कतै विवाद छैन् । पछाडि सिर्जना गरिएका कतिपय विवादहरु छन्, ती विवादहरुमा तर्क पनि छैनन् । तथ्य पनि छैनन् । र, बलियो आधार पनि छैन् । त्यसो भएको हुनाले सधैंभरि हामीले भन्छौं नि–सत्यको जित हुन्छ । तथ्यको जित हुन्छ । नेपालसँग भएको तथ्यहरु, प्रमाणहरु यी सबैको आधारमा हाम्रा अडानहरु पुष्टि हुन्छन् । अहिले सिमासम्बन्धी समस्याको लागि दुई देशका परराष्ट्र सचिवहरुको संयन्त्र छ । जुन संयन्त्रको बैठक अहिलेसम्म बस्न पाएको छैन् । हिजोको भारतीय विदेश सचिवको भ्रमणपश्चात् अब त्यो संयन्त्रको बैठक बस्छ । बैठक बस्ने आधार सिर्जना भएको छ । कहिले बस्छ ? त्यसको निम्ति दुवै देशका परराष्ट्र मन्त्रालय आपसमा छलफलमा छन् । उनीहरुले मिति तय भएको छ । औपचारिक रुपमा वार्ताको टेबुलमा यी विषयहरुलाई राख्ने विषयमा भारतपनि सकारात्मक देखिएको छ । नेपाल त सधैंभरि त्यही पक्षमा उभिँदै आएको छ ।

उसो भए औपचारिक रुपमै अब सिमा विवाद समाधानको लागि वर्ताको एजेण्डामा दुवै देश प्रवेश गरेको हो त ?

हो, हामी त्यही दिशामा गएका छौं । सबैखाले समस्याको समाधान वार्ताको टेबुलमा बसेर हल गर्नुपर्छ ।

नेपाल र भारत दुवै देश अब द्धिपक्षी सम्बन्धमा देखिएका सबै समस्या हल गर्न तयार भएका हुन् त ?

तपाईले गएका केही समय यतापटिका घट्नाहरु हेर्नुभयो भने उल्लेखनीय प्रगति भएको देख्नुहुन्छ । जस्तो गएको साँढे दुई वर्ष यता प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी लिनुभयो । त्यसयता हेर्ने हो भने विकासका कुरा गर्दा अन्तरदेशीय पेट्रोलियम पाईपलाईन बन्यो । विभिन्न आईसिपीहरु बने । भारतको सहयोगमा भुकम्पछि पचास हजारभन्दा बढि घरहरु निर्माण भए । अरुणलगायत, हुलाकी राजमार्ग विकास परियोजनाले गति लिएका छन् । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्