Logo

इटालीको गरिब शहर नेपोलीलाई समृद्ध बनाउने म्याराडोना



एजेन्सी, १२ मंसिर । स्पेनको समृद्ध शहर बार्सिलोनाको धनी फुटबल क्लब बार्सिलोनाबाट खेलिरहेका म्याराडोना सन् १९८४ मा किर्तिमानी मूल्यमा नेपोलीमा खेल्न पुगे । मिडियाले भन्यो, ‘गरिब शहरले विश्वकै महङ्गो खेलाीलाई किन्यो ।’ त्यतिबेला त्यो मूल्य कुनैपनि क्लबले फुटबल खेलाडी अनुबन्ध गर्न तिरेको सर्वाधिक रकम थियो । नेपोली क्लबले त्यति धेरै रकम खर्चिएपनि उक्त शहर भने गरिब मानिन्थ्यो ।

नेपोलीको परिचय पनि राम्रो थिएन । माफियाहरुका कारण पनि शहर बदनाम थियो । तर, म्याराडोनाले नेपोलीको पहिचान बदलिदिए । नेपोली क्लबको प्रतिष्ठा बढ्यो । उसले सिरि ए को उपाधि सन् १९८७ र १९९० मा जित्यो । उनको प्रभावले नेपोली शहरकै आशा जगायो । नेपोलीलाई सँसारले नै चिन्न थाले । नेपोलीवासीले म्याराडोनालाई ईश्वर मान्न थाले । जेसससँगै उनको तस्बिर राख्न थाले ।

म्याराडोना फुटबल खेल्न नेपोली पुग्दा ७० हजार प्रशंशकले स्वागत गरेका थिए । म्याराडोनाले नेपोलीको भाग्य नै बदलिदिए । एउटा गरिब शहर समृद्ध बन्नथाल्यो । उनले नेपोलीलाई धेरै दिए । नेपोलीवासीले उनलाई यति धेरै माया गरे कि ईश्वरको रुपमा हेरे । त्यसैले म्याराडोनाको निधनले नेपोलीवासी धेरै दुःखी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्