Logo

प्रचण्डको प्रस्तावलाई जवाफ दिन ओलीको प्रस्ताव तयार, भोलिको बैठकमा पेश हुने



काठमाडौं, १२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने भएका छन् । त्यसको लागि ओलीले प्रस्ताव तयार गरिसकेका छन् । यसअघि कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा दाहालले प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गरेका थिए । दाहालको प्रतिवेदनमा घुमाउरो भाषामा प्रधानमन्त्री ओलीको राजीनामा मागिएको छ । दाहालले अहिलेको समस्याको निकासको लागि प्रधानमन्त्री ओलीले त्याग गर्नुपर्ने उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्