Logo

पम्फा भुषालको प्रश्न : कसको व्यक्तिको सम्पत्ति हो पार्टी (भिडिओसहित)



काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पम्फा भुषालले पार्टीभित्र देखिएका समस्याहरु यसअघि भएका सहमतिहरु पालना नभएकै कारण भएको दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट भएको प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुषालले यस्तो बताएका हुन् । उनले पार्टीभित्र देखिएका सबैखाले समस्याबारे छलफल हुने र सहमति हुने स्पष्ट पारिन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व दिने कुरा विषयान्तर गर्ने कुरा भएको उनको भनाई छ । उनले पुस्ता हस्तान्तरणको कुरा गर्नेलाई कसको व्यक्तिको सम्पत्ति हो पार्टी ? भन्दै कडा प्रश्न गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्