चीनका रक्षामन्त्री आज नेपाल आउँदै


काठमाडौं, मंसिर १४। जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आज काठमाडौं आईपुग्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयले उनको आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उनीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको छ । उनी आजै स्वदेश फर्कनेछन।