Logo

पार्टीभन्दा माथि कोही पनि हुँदैन् : आनन्द पोखरेल (भिडिओसहित)



काठमाडौं, १४ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो सचिवालयमा पेश गरेको ३८ पृष्ठ लामो प्रतिवेदनमार्फत अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको अभियोगको बारेमा जवाफ दिएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा पार्टी विभाजन नगर्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले आफूले गल्ती गरेको भए कारबाही भोग्न तयार रहेको भनिसकेकोले कहाँनिर ओलीले आत्माआलोचना नगरेको ? भन्दै पोखरेलले प्रश्न तेर्साए । अध्यक्ष ओलीकै नेतृत्वमा नेकपाले यो तहको बहुमत प्राप्त गरेको उनको दाबी छ । उनले पार्टीभन्दा माथि कोही पनि नेता नहुने तर्क गरे । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्