Logo

१३औं साग प्रतियोगिताको खर्च विवरण सार्वजनिक



काठमाडौं, १४ मंसिर । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत राखेपका सदस्य सचिव रमेश सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ । यस्तै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्