Logo

लागुऔषध केसपछि शोमा रहलिन् भारती सिंह



एजेन्सी, १४ मंसिर । भारतीय कमेडीयन भारती सिंह हाल मुस्किलमा फसिरहेकी छिन् । सिंह पछिल्लो समयमा लागुऔषधको केसमा पक्राउ परेकी थिइन् तर, केही दिन अगाडी मात्र प्रहरी हिरासतबाट जमानतमा छुटेकी हुन् ।

सिंहलाई यो केस र पछि भएको गिरफ्तारीको कारण उनको करियरमा पनि असर पर्ने जानकारहरु बताउँछन् । चर्चित कपिल शर्मा शो को हिट शो बाट समेत सिंह बाहिरीन सक्ने सम्भावना बढी छ । भारती सिंह द कपिल शर्मा शो को एक हिस्सा हुन् र उनलाई धेरैले मन पराएका थिए । उनलाई फ्यानहरुले पर्खिरहेका पनि छन् ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले भनेका छन्, ‘भारती सिंह गिरफ्तार परेपछि कमेडियन शो बाट बाहिर निकालिदिने छ ।’  तर, यस विषयमा कमेडियन शो का निर्माणपक्षले भने आधिकारीक जानकारी दिएको छैन् । एक जनाले भने शो बाट नै कलाकारलाई पत्ता साफ गर्नुपर्छ भनेका छन् । यस खबरले भारती सिंहका फ्यान धेरै रिसाउँन सक्छन् ।

तर, हालसम्म शो का मेकर्सले मुख खोलेका छैनन् र कमेडियन शोबाट बाहिर निकालेको कुनै जानकारी आएको छैन् । यसकारण दर्शकहरुले भारती सिहले कमेडी गरेको देख्न पाउँनेछन् । अबको कपिल शर्मा शो को आगामी एपिसोडबाट थाहा हुनेछ कि शो मा रहनेछिन वा छैनन् भन्ने ।

सिंहको घरमा एनसीबीले छापा मार्दा उनको घरबाट गाँजा बरामद गरेको थियो । गाँजा बरामदपछि एनसीबीले सोधपुछको लागि बोलाएको थियो । सोधपुछको क्रममा भारती सिंह दम्पत्तिले गाँजा सेवन गर्ने गरेको स्विकार गरेपछि उनीहरुलाई गिरफ्तार गरेको थियो । तर, हाल भने उनीहरु धरौटीमा छुटेका छन् । Photo: Agency



प्रतिक्रिया दिनुहोस्