Logo

राजधानीमा भोलि राजावादीको शक्ति प्रदर्शन



काठमाडौं, १४ मंसिर । राजावादीहरु भोलि राजधानीमा शक्ति प्रदर्शन गर्ने भएका छन् । देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गर्दै आएका राजावादीहरुले भोलि सोमबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

देशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जानु र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस पनि इतिहासकै कमजोर अवस्थामा पुग्दा राजावादीहरुको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । उनीहरुले प्रमुख शहरहरु विराटनगर, नेपालगञ्ज, धनगढी, जनकपुरलगायतका शहरमा शक्ति प्रदर्शन गरिसकेका छन् । राजावादीहरुले राजधानीमा १५ र २० मंसिरका लागि शक्ति प्रदर्शन गर्ने तयारी गरिसकेका छन् ।

राजावादीहरुले हिन्दु राष्ट्र र राजसंस्था फर्काउने नारासहित राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गर्दै आएका छन् । उनीहरु योजनावद्ध तरिकाले अगाडि बढ्न खोजेपछि सत्तारुढ दलका नेता देखि सरकारका मन्त्रीहरुले समेत चेतावनीसहित अभिव्यक्ति दिनथालेका छन् । कतिपय मुख्य राजनीतिक दलका नेताहरुले राजावादीहरुलाई चलखेल नगर्न चेतावनी दिएका छन् ।

यसअघि ६ कात्तिकमा पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरुको भूमिकामाथि गम्भीर प्रश्न उठाएर लिखित सन्देश दिएका थिए । त्यसलाई राजावादीलाई सक्रिय हुन गरिएको आव्हानकको रुपमा बुझिएको थियो । त्यसयता देशका मुख्य शहरहरुमा प्रदर्शन निरन्तर हुनथालेको छ ।

२५ कात्तिकमा काठमाडौं, २७ कात्तिमा विराटनगर, ४ मंसिरमा धनगढी, १० मा जनकपुर र पोखरामा राजावादीको प्रदर्शनहरु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot