Logo

म्याराडोनाको मृत्यु रहस्यम, प्रहरीले थाल्यो अनुसन्धान



एजेन्सी, १४ मंसिर । फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको मृत्यु रहस्यमय बनेको छ । उनको मृत्युमाथि शंका बढेपछि अर्जेन्टिनाको प्रहरीले छाविन थालेको छ । उनीहरुले म्याराडोनाको उपचार गरिएको क्लिनिक र चिकित्सकको घरमा समेत छापा मारेका छन् ।

अर्जेन्टिनी प्रहरीले म्याराडोनाको उपचारमा त्रुटी भएको आशंकालाई स्थापित गर्न प्रयास गरिरहेको छ । यसबारे गहिरो अनुसन्धान चलेको छ ।

६० वर्षिय म्याराडोना मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो । उनको स्वास्थ्यमा सुधारपछि घर लगिएको थियो जहाँ उनको मृत्यु भयो ।



प्रतिक्रिया दिनुहोस्