Logo

म्याराडोनाको मृत्युमा डाक्टरमाथि आशंका



एजेन्सी, १५ मंङसिर । डिएगो म्याराडोनाको निधनले फुटबलजगतमा सन्नाटा छाएको छ । शुरुमा मृत्यु हृदयघातबाट भएको भनिएपनि अहिले आएर आशंका व्यक्त भएको छ । चिकित्सकको लावरवाही वा उनको षड्यन्त्रपूर्वक हत्या भएको हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो । घटनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले उनको निधनको चार दिन पश्चात उनको घर र चिकित्सकको क्लीनीकमा छापा हानेको छ । हृदयघातका कारण मूत्यु भएको खुलेतापनि उनको उपचारमा चिकित्सकले हेलचेक्राईँको विषयलाई लिएर प्रहरीले उनको चिकित्सकको क्लीनीकमा छापा हानेको हो ।

म्याराडोनाका चिकित्सक डा. लुकलाई तत्काल कुनै पनि चार्ज लगाइएको छैन् । उनले आफूले कुनै गलत नगरेको विषयमा अडान लिदैँ आएका छन् । उनलाई उक्त विषयमा सोधपुछका लागी प्रहरीले डाकेका छन् । म्याराडोनाको नोभेम्बर महिनामा दिमाग रगतको बहाव भएको कारण शल्यक्रिया गरिएको थियो ।

चिकित्सको विगतदेखिको मोबाइल रकोर्ड, मेडिकल नोट र कम्पुयटरको जाँच गरिरहेको जनाइएको छ । चिकित्सकले आफ्नो बयानमा म्याराडोना प्रति सम्वेदना व्यक्त गर्दै रुदै भने, ‘म्याराडोनालाई बचाउन मैंलै हरप्रयास गरे । म्याराडोना अन्तिम समयमा आएर निकै दुखी भएका थिए । मैलै उनलाई माया गरेको, हेरचाह गरेको र हर समय साथ दिएको थिएँ । म यस विषयहरुप्रति मात्र जिम्मवार छु ।’

उनले अगाडि भने, म्याराडोना रिहाब सेन्टर जानु पर्ने थिए तर, उनी गएनन् । उनलाई चिकित्सकले अप्रबन्धनीयको समेत संज्ञा दिएका छन् । उक्त विषयमा आफ्नो तर्फबाट चिकित्सनले बयान दिइपनि अनुसन्धान जारी रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्