Logo

अमेरिकाका अबका राष्ट्रपति वाइडेनको प्रेस हेर्ने टिममा सबै महिला



एजेन्सी, १५ मंङसिर । संयुक्त राज्य अमेरिकाका अबका राष्ट्रपति जो बाइडेनका प्रेस हेर्ने टिममा महिला हुने भएका छन् । उनले प्रेस सेक्रेटरीमा जेनिफर पसाकी नियुक्त गर्ने भएका छन् । उनको नेतृत्वमा अन्य सबै महिला रहनेछन् ।

जेनिफर अमेरिकाको प्रख्यात सञ्चार माध्यममा सञ्चारकर्मीको रुपमा चिनिएकी छिन् । उक्त विषयका जानकारी आइतबार गरिएको थियो । त्यसैगरि ह्वाइट हाउसका सञ्चार निर्देशकको रुपमा केट बेडिङफिल्ड नियुक्त हुने भएकी छिन् । ह्वाइट हाउसमा यसपटक उच्च पदहरुमा महिला मात्र नियुक्त हुने भएको देखिन्छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्