Logo

चिनियाँ पत्रिका ग्लोबल टाइम्सद्वारा भारतमाथि नेपालमा ठुलो अस्थिरता मच्चाउन भुमिका खेल्ने गरेको आरोप



एजेन्सी, १५ मंङसिर । चिनियाँ रक्षा मन्त्री वे फेङहेको एकदिने नेपाल भ्रमणलाई भारतले नजिकबाट नियालेको छ ।भ्रमणपछि भारतले निकै सतर्कता समेत अपनाएको बुझिएको छ ।

भ्रमणले चीन र नेपालबीचको सम्बन्ध निकै प्रगाढ हुने भनिएको छ । उक्त विषय प्रति भारतले आफ्नो तर्फबाट सर्तकता अपनाएको छ । चीन र नेपालबीचको सैन्य अभ्यास एक सामान्य र औपचारिक ढाँचा रहेको छ । तर, चीन र नेपालबीचको सैन्यस्तरको भेटवार्ताले भारतका सञ्चार माध्यमका लागि प्राथमीकताको विषय बनेको ग्लोबल टाइम्सले लेखेको छ । उसले चीन र भारतबीचको सीमा विवाद यथावत भइरहँदा नयाँ दिल्ली र काठमाडौँबीच सीमा विवाद तातीरहेको उल्लेख गरेको छ ।

भारत र नेपालबीच सीमा विवाद तातीरहँदा नेपाली सीमा सुरक्षा बलले आफ्नो देशको सार्वभौमसत्ताको लागी कुनै समझदारी गर्न तयार नरहेको जनाइएको छ । केही दिन अगाडी भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवाणेको तीन दिने औपचारिक भ्रमणले भारत र नेपालबीचको सीमा विवादले कुनै निश्कर्ष निकाल्न नसकेको भनेको छ । यसैक्रममा नयाँ दिल्ली चीन र नेपालबीचको रक्षा सहयोग प्रति असहज महसुस गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

विगतमा नेपालले सुरक्षाको निम्ति हातहतियार भारतसंग खरिद गर्ने गथ्र्यो । तर, सन् १९८० देखि नेपालले हातहतियार भने चीनसंग खरिद गर्न सुरु गरेको थियो । यस विषयलाई लिएर दिल्लीले असहज महशुश गरेको विषय पनि ग्लोबल टाइम्सले लेखेको छ ।

चीन र नेपालबीचको रक्षा सहयोगले दूवै देशबीचको सम्बन्ध झन् बलियो बन्ने जनाइएको छ । दुवै देशबीचक कुनै सीमा विवाद नरहेको ग्लोवल टाईम्सले लेखेको छ । चीन र नेपालबीचको रक्षा सहयोगले सीमा र तिब्बत स्वायत्त क्षेत्रमा गलत गतिविधि न्युनीकरण हुने विश्वास रहेको भनिएको छ । दुवै देशबीचको सैन्य सम्झौताले राष्ट्रिय एकता र राजनितीक स्थीरता कायम गर्ने विश्वास दुवै पक्षको रहेको छ ।

ग्लोबल टाइम्सले नेपाल आफ्नो सैन्य गतिविधि र सरसामानका लागी प्रायः जसो दक्षिणसँग भर पर्दै आएको र कतिपय नेपाली सेनाले भारतमा आफ्नो अभ्यास गर्ने गरेको जनाएको छ । भारतले समय समयमा नेपालको आन्तरिक गतिविधिमा हस्तक्षेप गरिरहेको ग्लोबल टाइम्सले लेखेको छ । उसले भारतमाथि नेपालमा अस्थिरता कायम गर्न ठूलो भूमिका खेलिरहेको आरोप समेत लगाएको छ ।

ग्लोबल टाइम्सका अनुसार गत वर्ष तत्कालिन रक्षामन्त्री इश्वर पोख्रेलको चीन भ्रमणको दौरान सैन्य गतिविधिका निम्ति १५ करोड युआन तथा २ करोड २० लाख डलरको सैन्य सहायता प्रदान गरिएको छ ।

भारतलाई दक्षिण एसियामा आफ्नो प्रभुत्व दाबी गरिरहेका भन्दै ग्लोबल टाइम्सले भारतले चीनको गतिविधितर्फ अत्याधिक नजर र सर्तक हुने गरेको भनेको छ । चीनको प्रत्येक गतिविधिलाई भारतले चासोका साथ हेरिरहेको भनेको छ । भारतले आफ्नो सञ्चार माध्यममार्फत स्थानीयलाई चीनप्रति भ्रमित र आक्रमण गर्ने देशको रुपमा परिचित गराइरहेको आरोप ग्लोवल टाइम्सले लगाएको छ । भारतले दक्षिण एसियामा रहेको सानो मूलूहरुलाई चीनसंगको सम्बन्धमा धम्क्याइरहेको आरोप समेत लगाएको छ ।-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्