Logo

छोरीको हत्यामा संलग्न बावु आमासहित ७ जना पक्राउ



रौतहट, १५ मंसिर । हत्यामा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ परेका छन् । माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा देवाही गोनाहीका ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम असांरी, ३६ वर्षीय शेख ईम्प्ताज, मृतकका बाबु ५५ वर्षीय रामअयोध्या साह, मतृककी आमा सिता देवी साह, ४६ वर्षीय छोटेलाल साह र देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया कुरुनीया बस्ने कैमलु देवान रहेका छन् ।

आफ्नै माईतीघरमा आमासँग सुतिरहेको अवस्थामा आमा चर्पी गएको बेलामा ४ र ५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले अमृता कुमारीलाई गोली प्रहार गर्दा गत कात्तिक २६ गते उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय युवकसँग मृतकको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दबावमा २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका–३ मा विवाह भएकोमा उनका पतिलाई छुरा प्रहार गरी ज्यान मार्ने आक्रमण भएपछि अमृता माईती आई बसेको र २०७७ साल असारमा उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो ।

त्यसपछि अमृता र उनको प्रेमीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा अमृताका बाबु आमालाई उनको प्रेम सम्बन्ध पनि स्वीकार नरहेको र छोरी पक्राउ परे इज्जत समेत जाने र समाजबाट अपहेलित हुनपर्ने डर भएकोले मृतककै बाबु रामअयोध्या साह समेतले भारतमा उपचारको लागि लगेर मार्न बनाएको योजना असफल भएपछी पुनः अभियुक्त कैमलु देवानलाई १ लाख रुपैयाँ दिई गोली हानी अमृताको हत्या गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरू माथि रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले बताएकोे छ ।



प्रतिक्रिया दिनुहोस्