Logo

सुन लुकाएर प्रहरीलाई चोरीको नाटक गर्ने महिला पक्राउ



ललितपुर, १५ मंसिर । चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको अभियोगमा महालक्ष्मी नगरपालिका–१ बस्ने कान्छी पोडे आइतबार दिउँसो पक्राउ परेकी हुन् ।

सानु कान्छा पोडेको घरबाट आइतबार दिउँसो नगद २६ लाख रुपैयाँ, २ थान सुनको सिक्री, बाला, झुम्का तथा चाँदीको पाउजु र २० तोला चाँदीको मन्दिर समेत चोरी भएको भन्ने खबर महानगरीय प्रहरी वृत्त सातदोबाटोमा प्राप्त हुनासाथ खटिएको प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्ने क्रममा चोरी भएको भनिएको उल्लेखित नगद तथा गहना सहितका सामानहरु घर धनी सानु कान्छाकी श्रीमती कान्छीले घरकै माथिल्लो तल्लाको पूजा कोठामा सेफभित्र लुकाएको अवस्थामा फेला पारी कान्छीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्