Logo

भन्सार छलि ल्याएको सुन किन्ने र बेच्ने पक्राउ



काठमाडौं, १५ मंसिर । भन्सार छलि चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जना पक्राउ परेका छन् । भन्सार छलि चोरी निकासी गरी सुन ल्याएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक काठमाडौं ३२ बस्ने तेह्रथुम छथर घर भएका ३२ वर्षीय कुमार सेन्चुरी र काठमाडौं बस्ने रामेछाप घर भएका ३२ वर्षी गंगा बहादुर मगर रहेका छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गत शुक्रबार दिउँसो काठमाडौं सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला पारेको र थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स संचालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुल्न आएपछि आइतबार उक्त ज्बलेर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बाला सहित कुमारलाई समेत पक्राउ गरेको जानकारी दिएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्