Logo

फरक क्षमताकी बालिकालाई बलात्कार गर्ने युवा पक्राउ



काठमाडौं, १५ मंसिर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ घर भई कास्की पोखरा लामाचौर बस्ने दिपक भनेर चिनिने प्रकाश नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकाको घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की समेत दिई जबरजस्ती करणी गरेका सूचना प्राप्त हुनासाथ प्रकाशलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्