Logo

पुरानो रिसिईवीको कारण खुकुरी प्रहार



काठमाडौं, १५ मंसिर । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा ४८ वर्षीय पुरुष पक्राउ परेका छन् । बुढानिलकण्ठ बस्ने सिन्धुपाल्चोक घर भएका राज कुमार तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सिन्धुपाल्चोक घर भएका बिष्णु तिवारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती बसपार्क नजिक पुरानो रिसिईवीको कारण बिष्णुले राज कुमारलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उद्दार गरी न्यूरो अस्पताल बाँसबारी लगेकोमा उनको उपचार भईरहेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्