Logo

आलियालाई मायाले तानेपछि ३२ करोडमा अपार्टमेन्ट खरिद



एजेन्सी, १५ मंसिर । बलिउड अभिनेत्री आलिया भट्टले नयाँ अपार्टमेन्ट खरिद गरेकी छिन् । हाल आलिया र रणवीर कपुर प्रेम सम्बन्धकै कारण चर्चामा छन् । आलियाले रणवीर बस्ने अपार्टमेन्टकै भवनमा एक अर्पाटमेन्ट खरिद गरेको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

उनले खरिद गरेको अपार्टमेन्ट २४६० स्कायर फिटको रहेको जनाइएको छ । उनका प्रेमी रणवीर अपार्टमेन्टको सातौ तलामा बस्छन् भने आलियाले ५ औ तलामा अपार्टमेन्ट खरिद गरेकी हुन् ।

हवन, पुजा पाठ समेत गरिसकेकी आलिया नयाँ घरमा चाडैनै सर्दैछिन् । उनले नयाँ अपार्टमेन्टमा उत्कृष्ट डिजाइनिङको लागि इन्टिरियल डिजाइनरलाई जिम्मा दिने भएकी छिन् । अब रणबीर र आलियाको फिल्म ‘ब्रहस्त’ चाडै आउँदै छ ।



प्रतिक्रिया दिनुहोस्