Logo

भारती सिंहको पक्षमा कमेडियन कृष्णा अभिषेक



एजेन्सी, १५ मंसिर । लागुऔषध प्रकरणमा मुछिएपछि कमेडियन क्विन भारती सिंह र उनका पति हर्ष लिंबाचियाको सामाजिक सञ्जालमा धेरै आलोचना भइरहेको छ । दुवैजनालाई सिकार बनाइरहेका छन् । मानिसहरुले भारतीलाई नै निशाना बनाइरहेका छन् ।

यो घटनामा मुछिएपछि चर्चित शो द कपिल शर्मा शो बाट भारतीलाई निकाली दिएको हल्ला बाहिरीएको छ । यद्यपि उनका साथी कीकु शारदाले यस कुरालाई अस्विकार गरेकी छिन् । आज कपिल शर्मा शो का स्टार तथा भारतीको साथी कृष्णा अभिषेकले पनि मुख खोलेका छन् । कृष्णाले खुलेरै भारतीको समर्थन गर्ने बताएका छन् ।

एक पत्रिकासँग कुरा गर्दै भारतीलाई शो बाट निकाल्ने बारेमा कृष्णाले भनेका छन्, ‘च्यानलमा यस्तो कुरा नै भएको छैन् । म भारतीको सपोर्ट गर्नेछु उनी काममा फर्किनुपर्छ । जे भयो भयो । तर, म र कपिल भारतीको सपोर्ट गर्छौ । हामी एकै परिवारको जस्तै हौ ।’

कृष्णाले भारतीले आफ्नो हरेक समयमा साथ दिएको पनि बताएका छन् । पिताको निधनमा आएर भेट्ने पहिलो व्यक्ति भारती भएको पनि बताए । उनले आफुलाई दुनियाँको बारेमा केही थाहा नभएको तर भारतीको पक्षमा आफु उभिने समेत प्रतिक्रिया दिए ।

अर्का चर्चित कमेडियन राजु वास्तवले भारतीलाई लिएर कमेन्ट गरेका थिए । उनको टिप्पणीलाई कृष्णाले बकवासको सज्ञा दिएका छन् । photo Source: Agency



प्रतिक्रिया दिनुहोस्