Logo

यो घाटमा डुबुलकी मारे पति पत्नीबाट मुक्ति पाइने



वारायणी गंगा तटमा करीब ८४ वटा घाट छन् । प्रत्येक घाटको अलग–अलग कहानी र मान्यता छन् । यो मध्ये एक घाट यस्तो छ, जहाँ विवाहित मानिसहरु नुहादैनन किनकी त्यहाँ स्नान गर्नु दुखमा फस्नु सम्झन्छन् ।

बनारसको यस घाटको निर्माण दत्तात्रेय स्वामीले गरेका थिए । भगवान विष्णुका परम भक्त नारद मुनिको नामबाट यस घाटको नाम राखिएको हो । यस घाटमा जो विवाहित जोडी गएर नुहाउँछन् उनीहरुबीच मतभेद बढ्न थाल्ने मान्यता रही आएको छ । उनीहरुको परिवारिक जीवनमा आपसी तालमेल बिग्रिदै जानाले कालान्तारमा सम्बन्ध बिच्छेद हुने विश्वास गरिन्छ ।

नारद घाटलाई पहिला कुवाईघाटको नामले चिनिन्थ्यो । उन्नाइसौ शताब्दीको मध्यमा घाटमा नारदेश्वर (शिव) मन्दिर निर्माण गरिएको थियो । यसपछि घाटको नाम परिर्वतन भएर नारद घाट रहन गएको हो । नारदेश्वर शिवको स्थापना देर्वर्षि नारदले गरेका मान्यता रहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्