Logo

यी देशमा धेरै दिनसम्म सुर्य अस्ताउँदैन



दिन पछि रात र रात पछि दिन यो क्रम चलिरहन्छ, तर यदि केही महिनासम्म रात नपरोस् र केवल दिन मात्र होस् कस्तो होला । रात नभएमा हामीलाई थाहा नै हुँदैन कि कति बेला सुत्ने र कति बेला उठ्ने ।

यो कुरा आश्चर्य लाग्दो भएपनि तर सत्य हो । यो विश्वको एक यस्तो देश छ जहाँ केही दिनसम्म सुर्य अस्ताउँदैन । यो देशमा सुर्यका प्रकाश रहिरहन्छ । रातको महसुस नै हुँदैन् ।

नर्वेलाई मध्य रात्री देश पनि भनिन्छ । त्यहाँ मे देखि जुलाईको बीचमा करीब ७६ दिनसम्म घाम अस्ताउँदैन । ७६ दिनसम्म सुर्यको प्रकाश डुब्दैन् । धेरै मानिसहरुले रातै नभएको आनन्द महसुस गर्नकै लागि नर्वे पुग्ने गरेका छन् ।

ग्रेट ब्रिटेनपछि युरोपको सबैभन्दा ठुलो आईलैन्ड हो । यहाँ रातमा पनि सुर्यको प्रकाशको आनन्द लिन सक्कनुहुन्छ । १० मे बाट जुलाईको अन्त्यसम्म सुर्य डुब्दैन । यस्को सम्झना जीवनभर आइरहन्छ ।

क्यानाडामा ५० दिनसम्म घाम अस्ताउँदैन । अमेरिकाको अलास्कामा पनि मे बाट जुलाईसम्म सुर्य अस्ताउँदैन् । फिनल्यान्ड धेरै सुन्दर र आकर्षक देश मध्ये एक हो । यहाँ ७३ दिनसम्म सुर्य अस्ताउँदैन ।

यसैगरी, स्विडेनमा सुर्य आधी रातमा डुब्ने गर्छ । तर, बिहान ४.३० बजे फेरि सुर्योदय हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्