Logo

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकाल भन्छन् : हामी एक हुन्छौं (भिडिओसहित)



काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकालले आफूहरुले मिलेर महासंघलाई अघि बढाउने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सम्पूर्ण निजी क्षेत्रका ईस्युहरुलाई गोलबन्द बनाएर अघि बढाउने विश्वास दिलाए । उनले निर्वाचनको बेलाका पक्ष र विपक्षको कुरा बिर्सिएर अब एक भएर अघि बढ्ने विश्वास दिलाए । उनले आफ्ना प्रतिष्पर्धी किशोर प्रधानसँग सौहार्दपूर्ण सम्बन्ध रहने पनि विश्वास दिलाए । हेरौं ढकालसँगको कुराकानीको पूरा भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्