Logo

प्रचण्डको प्रस्ताव पास भए के हुन्छ ?



काठमाडौं, १५ मंसिर । सत्तारुढ नेकपाभित्र विवादकाबीच मंगलबार सचिवालयको बैठक बस्दैछ । बैठकमा पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल हुँदैछ ।

दुवैले पेश गरेको राजनीतिक प्रस्तावमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेका छन् । दुवै प्रस्तावमाथि मंगलबार छलफल हुने भएकाले मंगलबारको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

सचिवालयमा ओली अल्पमतमा छन् । ९ सदस्यीय सचिवालयमा ओलीसँग ईश्वर पोखरेल र  विष्णु पौडेल मात्र छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, रामबहादुर थापा बादल अर्काेतर्फ छन् । सहमति भएन र कुनै आश्चर्य भएन भने सचिवालयले प्रचण्डको प्रस्ताव पारीत गर्ने सम्भावना छ । यस्तो अवस्थामा ओली नैतिक संकटमा पर्नेछन् । जसकारण ओली वामदेव गौतम र बादललाई फकाउन लागिपरेका छन् । तर, उनीहरु यसपटक ओलीको विरुद्ध नै अडिएका छन् ।

सहमति नभएमा केही सचिवालय सदस्यले भने दुवै प्रस्ताव नमान्ने मत राख्ने सम्भावना समेत देखिएको स्रोत बताउँछ ।

अल्पमतमा पर्ने देखेपछि ओलीले अन्तरकालिन कमिटी भएकाले आफु बहुमतको निर्णय मान्न बाध्यकारी नभएको भन्दै त्यो निर्णयलाई समेत चुनौती दिने उनले आफ्नो प्रस्तावमा संकेत दिएका छन् । अल्पमत र बहुमतकै आधारमा निर्णय भएमा भने ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नैपर्ने अवस्था आउने देखिन्छ । जून परिस्थितीबारे ओलीपनि जानकार छन् । त्यसकारण उनले त्यो परिस्थिती आउन नदिन नयाँ चाल चाल्न सक्ने समेत आँकलन गरिएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्