Logo

श्रीकृष्णको जीवनमा जोडिएको यी आठ प्रमुख स्थान



प्राचीनकालबाट चलिआएको हिन्दु सनातन धर्मलाई श्रीकृष्णले एक नविनतम रुप दिएर भागवत धर्मको स्थापना गरेका थिए । यसमा वेदव्यास मुनिको धेरै योगदान रहेको छ । आज हामी श्रीकृष्णको समयमा कहाँ कहाँ उनको मुख्य रुपमा स्थापना गरे त्यसको बारेमा चर्चा गर्छौ ।

श्रीकृष्णको जीवनमा ८ अंकको गजबको संयोग रहेको छ । भगवान विष्णुले आठौ मनु वैवस्वतको मवन्तरको अट्टाइस द्धापरमा आठौ अवतार श्रीकृष्णको रुपमा देवकीको गर्भबाट आठौ पुत्रको रुपमा मथुराको कारागारमा जन्म लिएका थिए ।

उनको जन्म भाद्रपदको कृष्णपक्षको रातिको सात मुर्हतमा निक्लियो र जब आठ उपस्थित भयो तब आधीरातको समयमा सबैभन्दा शुभ लग्नमा भएको थियो । ज्योतिषका अनुसार उनको जन्म शुन्य कालमा रातको १२ बजे भएको थियो । भगवान श्रीकृष्ण वासुदेवका आठौ पुत्र थिए । उनका आठ साथी, आठ पत्नी, आठ मित्र र आठ शत्रु थिए । कृष्णलाई गुरु संदीपनिले वेद शास्त्रसहित १४ विद्या र ६४ कलाहरुको ज्ञान दिएका थिए । यसरी उनको जीवनमा आठ अंकको धेरै संयोग रहेका छन् ।

कृष्णले यी प्रमुख आठ नगरमा जीवन व्यतित गरेका थिए ।

१. मथुराः जहाँ कृष्णको जन्म भएको थियो । जहाँ जरासन्धसँग कृष्णले धेरै पटक युद्ध गरेका थिए ।

२. गोकुलः नन्दगाउँ– जहाँ कृष्णको बालपन बितेको थियो । त्यहि केही राक्षसको कृष्णले हत्या गरेका थिए ।

३. वृन्दावन–मधुवनः यो स्थानमा उनको प्रेमलिला गरे । उनले गरेको प्रेमकै कारण दुनियाँले पाठ सिके ।

४. गोवर्धनः जहाँ कृष्णले पहाड उठाएर नयाँ परम्परा र चाडवाडको थालनी गरिदिए ।

५. बरसानाः जहाँ कृष्णको प्रेमिका राधा रानी बस्थिन् ।

६. उज्जैनः प्रसिद्ध स्थल उज्जैनमा सान्दीपनि आश्रममा भगवान श्रीकृष्णले अध्ययन गरेका थिए । त्यहाँ अहिले श्रीकृष्णको प्रसिद्ध मन्दिरको निर्माण गरिएको छ ।

७. द्वारिकाः जहाँ कृष्णले नयाँ नगर बसाएर आफ्नो नयाँ जिन्दगीको सुरुवात गरेका थिए । यही स्थानमा विवाह भयो र अगाडीको जिन्दगी बिताए ।

८. प्राभाष क्षेत्रः सोमनाथ क्षेत्रको नजिक प्रभाष क्षेत्रमा उनले आफ्नो देह त्याग गरेका थिए । धार्मिक ग्रन्थको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्