Logo

श्रीकृष्णले दुर्योधनलाई यसरी खुलाए कौरव हार्नुको वास्तविक कारण



भीमले दुर्योधनको जंघ उतारेका थिए । दुर्योधन रगतमा लतपतिएर रणभुमिमा लडिरहेका थिए । बस्, केही समयमा नै दुर्योधनको दम तोडिदै थियो तर, भुमिमा लड्दै गर्दा उनले कृष्णतिर हेरे र उनले आफ्नो हातका तीन औला देखाएर पटक–पटक केही बताउन खोजे ।

पीडाको कारण उनको आवाज मधुरो सुनिएको थियो । यसैबीच कृष्णले उनको इशारा बुझे र उनको नजिक गए । कृष्णले सोधे के भन्न चाहान्छौ । तब दुर्योधनले भने महाभारतमा ३ गल्तीले युद्ध जित्न सकिन् र आज यस्तो हाल भयो । श्रीकृष्णले सहजरुपमा दुर्योधनसँग उनका ३ गल्तीबारे सोधपुछ गरे ।

पहिलो गल्ती थियो नारायण भगवानलाई छाडेर नारायणी सेना छान्नु सबैभन्दा ठुलो गल्ती थियो । यदि नारायण युद्धमा कौरवको पक्षमा हुन्थे भने आज परिणाम अर्कै आउने थियो ।

दोस्रो गल्ती आफ्नी आमाले लाखौ पटक सम्झाउँदा पनि उनको अगाढी रुखको बोक्रा लगाएर गए । यदि म नग्नवस्थामा आमाको सामु जान्थे भने कुनै पनि योद्धाले परास्त गर्न सक्दैनथ्यो ।

तेस्रो गल्ती युद्धमा अन्तिममा जानु । यदि उनी पहिले नै युद्धमा जान्थे भने केही कुरा थाहा पाउँथे र उनका भाईहरुको ज्यान बच्ने थियो । यी कुरा दुर्योधनसँग श्रीकृष्णले सुने र भने तिमी हार्नुको असली कारण त ‘तिम्रो अधर्मी व्यवहार र कुलवधुको वस्त्रहरण’ भएको बताए । कृष्णले उनलाई भने ‘तिमीले आफ्नो कर्मबाट आफ्नो भाग्य लेख्यौ ।’ श्रीकृष्णले तीन गल्तीको कारण नभई तिमी अधर्मी भएकै कारण हारेको सत्यता बताइदिए । यो सुनेर दुर्योधनलाई आफ्नो वास्तविक गल्ती महसुस भयो ।

भगवान श्रीकृष्णले कहिल्यै पनि कौरवलाई साथ दिएनन् । उनकै लिला अनुसार, दुर्योधनले उनको स्थानमा नारायणी सेना मागेका थिए । दुर्योधनको शरीरको गुप्त अंग पनि वज्र समान भएपनि उनले जुक्ति खोज्ने थिए । सबैभन्दा कठिन जयद्रथलाई मार्नुथियो तैपनि उनलाई मारे । दुर्योधन पहिला भएपनि आखिरी भएपनि कुनै फरक पर्दैनथ्यो । अन्तमा हार कौरवको नै हुनु थियो । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्