Logo

महासचिव विष्णु पौडेलको जन्मदिन, केक काटेर सुरु भयो नेकपा सचिवालय बैठक



काठमाडौं, १७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य, महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको जन्मदिनको अवसरमा नेकपा सचिवालय बैठकमा केक काटिएको छ। अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले केक काटेर खुवाएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य जापाले जनाएअनुसार महासचिव पौडेलको जन्मदिनको शुभकामना दिँदै आजको सचिवालय बैठक सुरु भएको छ ।

उनले फेशबुकमा लेखेका छन्, “महासचिव कमरेड विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरूभएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालूप्रचण्डू, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको छ । ६२ बर्षमा प्रवेश गर्नुभएका महासचिव कमरेडलाई हाम्रो पनि हार्दिक बधाई तथा सफल र स्वस्थ जीवनको शुभकामना ।”



प्रतिक्रिया दिनुहोस्