Logo

टहरामा कौडा खेलिरहेको अवस्थामा २ जना ५८ हजारसहित पक्राऊ



काठमाडौं, १६ मंसिर । कौंडा खेलिरहेको अवस्थामा २ जना पक्राउ परेका छन् । कीर्तिपुर चोभारस्थित सुरेन्द्र केसीको टहरामा कौडा खेलिरहेको अवस्थामा सुरेन्द्र लगायत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार २ सय ५० रुपैयाँ १६ थान कौडासहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्