Logo

सामान्य झगडामा धारिलो हतियार प्रहार गर्दा …



रौतहट, १७ मंसिर । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा १९ वर्षका युवकलाई प्रहरीले पक्राउ गरेको हो । वृन्दावन नगरपालिका–३ रामटोलका नन्द किशोर रामको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका रवि राम सोमबार बेलुका पक्राउ परेका हुन् ।

सामान्य झगडामा रविले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाईते भएका नन्द किशोरको एपोलो अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्