Logo

फेसबुक एकाउन्ट ह्याक गरी महिलाको पैसा ठग्ने पक्राउ



बारा, १७ मंसिर । फेसबुक एकाउन्ट ह्याक गरी पैसा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जना आइतबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका–३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् ।

फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लिल तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाई उक्त रकम माग गरेको भन्ने जितपुर सिमराकी एक महिलाले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

उनीहरुमाथि आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्