Logo

फागुनमा जबरजस्ती करणी मंसिरमा छोरीको जन्म



ओखलढुंगा, १७ मंसिर । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवीका वीर बहादुर मगर सोमबार बेलुका पक्राउ परेका हुन् ।

वीर बहादुरले २०७६ फागुन २८ गते ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको र सोही कारण किशोरीले गत शनिबार छोरीको जन्म दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्