Logo

फिल्मको याद गर्दै दुःखी भए अमिताभ बच्चन



एजेन्सी, १६ मंसिर । बलिउडका महानायक अमिताभ बच्चन तीन दशकभन्दा धेरै समय फिल्म उद्योगमा बिताएका छन् । अमिताभ बच्चनको धेरै फिल्म सुपरहिट रहे । कुनै समय यस्तो पनि आयो उनको नामले नै फिल्म हिट हुने ।

जति नै सुपरहिट फिल्मलाई सम्झेर खुशी भएपनि अमिताभ बन्न नसकेको उनको फिल्म सम्झेर भने दुःखी हुने गरेका छन् । अमिताभले आफ्नो पुरानो एक तस्वीर सेयर गरेका छन् । उनको यो तस्वीर बन्न नसकेको फिल्मको हो । फोटोमा उनले एंग्री योङ म्यान देखिएका छन् । यो तस्वीरमा उनले ग्रे कलरको ज्याकेट, कालो कलरको जीन्स लगाएर कम्मरमा पेस्तोल झुन्डाएका छन् ।

पुरानो फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘एक फिल्म जुन कहिल्यै बनेन । फोटोशुट भयो, टाइटल मिल्यो, स्टाइल पनि देखाइयो तर फिल्म बनेन । दुख लाग्छ ।’

अमिताभको यस पोस्टलाई धेरैले सान्त्वना दिइरहेका छन् । तर उनले फिल्मको नाम, निर्देशक तथा निर्माताको बारेमा केही जानकारी दिएका छैनन् । अमिताभ चाडैनै ब्रहस्त्र, झुन्ड, चेहेरे र बटरफ्लाई जस्ता फिल्लमा देखिदैछन् । वर्तमान समयमा क्विज शो ‘कौन बनेगा करोडपति’ को सिजन १२ मा व्यस्त छन् ।



प्रतिक्रिया दिनुहोस्