Logo

अजय देवगनको १६ वर्ष पुरानो फिल्म रिलिज हुँदै



एजेन्सी, १६ मंसिर । कोरोना भाइरसको कारण टिवी र ओटीटी प्लेटफर्ममा कन्टेन्टको माग बढीरहेको छ । एक नयाँ ट्रेन्ड पनि सुरु भएको छ, सिनेमाघर भन्दा पहिला नै रिलिज हुने । भर्खरै मात्र अनीस बज्मीको १० वर्ष पुरानो फिल्म ‘डट्स माई लाइफ’ टिवीमा रिलिज भयो जसमा हरमन बावेजा र जेनेलिया डिसुजाले लिड रोल निभाएका थिए । अब फेरि उनको पुरानो अर्को फिल्म रिलिज हुँदैछ ।

२००४ मा १६ वर्ष अगाडी अनीस र अजय देवगनले बनाएको फिल्म थियो, ‘नाम’ । यो फिल्म सस्पेन्स थ्रिलर थियो जसको नाम पहिला बेनाम थियो पछि नाम राखिएको हो । अजय देवगन चर्चित हुँदै जादा उनको यो फिल्म छायामा परेको थियो । २००८ र १३ मा रिलिज गर्ने प्रयास गरेपनि रिलिज हुन नसकेको फिल्ल अब रिलिज हुने खबर बाहिर आएको छ ।

यस फिल्ममा अजयसँग समीरा रेट्टी र भुमिका चावलाको अभिनय रहेको छ । यस फिल्ममा अजयले शानदार अभिनय गरेको निर्माणपक्षले बताएका छन् । फिल्मका प्रोड्युसर दिनेश पटेल हुन्, जसले अजयलाई फुल र कांटेमा मार्फत बलिउडमा प्रवेश गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्