Logo

वाईफाईको लागि रक्सी देखि यौनसम्म छाड्न तयार



जति पनि प्रविधि बढ्दै जान्छन् त्यति नै तिव्ररुपमा मानिसहरुको जिन्दगी पनि बर्बाद भइरहेको छ । इन्टरनेटको बढ्दो लतले मानिसहरु पुरै तरिकाले एक्लै भएका छन् । यसको नशा यति चढेको छ कि मानिसहरुले रक्सी र यौन जीवनसम्म नै छाड्ने तयारी गरिरहेका छन् ।

हाल अमेरिकामा गरेको एक अध्ययनले इन्टरनेटको नशा बढ्दै गएर पुरै परिवारको समय खराब गर्नमा कुनै कसर नछाडेको बताएको छ । १५ सय मानिसमा गरेको अध्ययनले औसत युवाहरु आफ्नो फोन बिना १६ घन्टा पनि रहन नसक्ने पत्ता लागेको छ । एक तिहाई सहभागीको अनुसार आवश्यकता भन्दा धेरै समय आफ्नो मोबाईल, ल्यापटप वा ट्याबलेटमा गुर्जाछन् ।

२४ प्रतिशत मानिसहरु मोवाइलकै कारण धेरै घटनाका सिकार भएको बताए । उनीहरुले आफ्नो मोवाइल आफु भन्दा ३ फिट भन्दा धेरै टाढा नराख्ने पनि जानकारी दिए । केही सहभागीले मोवाइलको कारण पुरै परिवारको बिदाको दिन बर्बाद गरीदिएको पनि बताए । ४७ प्रतिशतले मोवाइल बिना कतै नजाने र जहाँ गएपनि नेटवर्कको खोजीमा समय बिताउने जनाए ।

४१ प्रतिशतले विशेष कार्यक्रममा जानुको कारण सामाजिक सञ्जालमा फोटो राख्नकै लागि भएको जानकारी दिए । एक महिलाले सुतेको समयमा पनि आइप्याड आफुसँगै सुताउने गरेको बताइन् । यस अनुसन्धानबाट वाईफाई पासवर्ड पाएमा सबै आफ्ना प्यारा चीज छाड्न तयार हुने पत्ता लागेको छ । धेरै मानिसहरुले रक्सी छाड्ने बताए भने कसैले यौन सम्बन्ध बरु नचाहिने पनि बताए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्