Logo

बच्चाको जीवनरक्षाका लागि आमाले १२ वर्षसम्म छोइनन्



आमाको लागि सन्तान निकै प्यारा हुन्छन् । सन्तानकै मायामा सँसार भुलेका हुन्छन् । तिनै आमा मध्ये एक आमाले १२ वर्षसम्म आफुले जन्माएको छोरा छोइनन् । उनको छोरालाई एक दुर्लभ रोग लागेको थियो । उनीहरु अमेरिकाका नागरिक हुन् । यस्तो रोग, छोरालाई आमाले छोएमा बच्चाको ज्यान जान सक्थ्यो । आमाले बच्चाको लामो जिन्दगीको लागि १२ वर्षसम्म टाढा नै बसिन् ।

वास्तवमा डेविड जन्मदेखि नै एक अनुवंशिक रोगबाट पिडित थिए । यो समयमा कसैले उनलाई छोएमा उनको ज्यान समेत जान सक्ने डाक्टरहरुले बताएका थिए । यति थाहा पाएपछि जन्मदिने आमाले छुन सकिनन् । कसैले बच्चालाई छोएमा उनको शरीरमा संक्रमण फैलन सक्थ्यो र जसको कारण बच्चाको मृत्यु हुन सक्ने सम्भावना थियो । यो रोग करौडौमा एक जनालाई हुने गर्छ । डेविडको दाजुले पनि यहि रोगको कारण ८ महिनामा ज्यान गुमाएका थिए । यसकारण नासाका वैज्ञानिकले डेविडको लागि एक विशेष कुराको कवज बनाइदिएका थिए । डेविडको बाचुञ्जेलको जिन्दगी डाक्टरसँग बितेको थियो । १९७१ मा जन्म भएका उनी बाहिर निस्कन पर्दा अन्तरिक्ष यात्रीले जस्तो कपडा लगाउने गर्थे् ।

पछि भने वैज्ञानिकले यो रोगबाट मुक्ति पाउनलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्न सल्लाह दिए् । यसको लागि सानो बहिनीको छानिएको थियो । डेविडले ट्रान्सप्लान्ट गरेपछि रगतको बान्ता गर्न थाले । रोग प्रतिरोधात्मक क्षमता तिव्ररुपमा घटेको कारण डेविडको मृत्यु भयो । उनको निधन भएपछि डाक्टरहरुले आमालाई छुने अनुमति दिएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्