Logo

पत्नीलाई पिट्ने तरिका सिकाउने यी विद्धान



वर्तमान समयमा विश्वभर महिला अधिकार र प्रत्येक क्षेत्रमा उनीहरुको हिस्साको चर्चा भइरहेको छ । तर, साउदी अरबका एक विद्धानले महिलालाई पिटेको भिडियो सेयर गर्दै आएका छन् । उनको यो भिडियोको हाल चर्चा भइरहेको छ । जसमा एक डाक्टरले पत्नीलाई पिट्नै परेमा तरिका बताएका छन् । भिडियो अनुसार, डाक्टर आलिद–अल सकाबीलाई मान्ने हो भने पत्नीलाई पिट्नुपर्छ तर, यसमा केही कुरामा ध्यान राख्नु पर्छ ।

यो भिडियो निकै पहिला पनि आएको थियो, तर पछि मात्र चर्चामा आएको हो । आश्चर्यको कुरा त यो भिडियो सार्वजनिक गर्न साउदी अरबको सरकारले अनुमति दिएको थियो । पछि सरकारी च्यानलले टेलिभिजनमार्फत प्रसारण गरेपछि करोडौ मानिसहरुले हेरेका थिए ।

यो भिडियो सार्वजनिक गरेपछि महिला अधिकारकर्मीहरुले बहस सुरु गरे । विभिन्न देशहरुका महिलाहरुले तिखो व्यंग पनि गरे । भिडियो बनाउने डाक्टरले भनेका छन्, ‘पत्नीलाई पिट्ने मुद्दा दुःखदायी हो, जसबाट धेरै खतरा पनि हुन्छ । तर, भगवानको मन्जुरीले पुल सुरक्षित तरिकाले पार गर्न सक्छौ ।’

उनले अगाडि भनेका छन्, ‘पत्नीलाई पिट्नु भन्दा अगाडी इस्लाममा उल्लेख कुरालाई ध्यान दिनुपर्छ । पत्नीलाई पिट्ने चक्करमा आफ्नो रिस निकाल्न हुँदैन । आफु अनुशासनमा बस्नुपर्छ । यसका विभिन्न तरिका बताइएको छ । रड वा फलामले पिट्नु हुँदैन तर दाँत सफा गर्ने औजार तथा रुमालको प्रयोग गर्न भने हुन्छ ।’

डाक्टरको अनुसार पिटाईले पतिमाथि आफूले गरेको गल्तीको सजाय भएको पत्नीलाई महसुस गराउनु पर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्