Logo

बलिउड नायिका उर्मिला मांतोंडकर शिवसेनामा



एजेन्सी, १६ मंसिर । बलिउड अभिनेत्री उर्मिला मांतोंडकर शिवसेनामा प्रवेश गरेकी छिन् । विगतमा कँग्रेस आइबाट चुनाव लडेकी उनी मंगलबार शिवसेनामा प्रवेश गरेकी हुन् ।

उर्मिलाले सन् २०१९ मा कांग्रेस तर्फबाट लोकसभामा चुनाव लडेकी थिइन् र पछि पार्टी परित्याग गरेकी थिइन् । केही समयअघि मात्र उर्मिलाले मुम्बई र पाकिस्तानको तुलना गर्दा कंगना रनौटको आलोचना गरेकी थिइन् ।

शिवसेनाको ट्विट अनुसार, बलिउड अभिनेत्री उर्मिला मांतोंडकरलाई आज शिवसेना प्रमुखको निवास मातोश्री पुगेर मुख्यमन्त्री उद्धव ठाकरेको उपस्थितिमा रश्मि ठाकरेले उनलाई शिव बन्धन बाधेर शिवसेना प्रवेश गराएका हुन् ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको नजिकका सहयोगी हर्षल प्रधानले बिहीबार एक कार्यक्रममा उर्मिला शिवसेनामा प्रवेश गर्ने बताएका थिए । शिवसेनाले राज्यपाल बी एस कोश्यारीको नजिक उर्मिलाकोे नाम विधान परिषदमा राज्यपाल कोटाबाट समावेश गर्न पठाएका थिए । यसको साथै कोटाको लागि महा विकास अगाडी नै ११ जनाको नाम पठाएका थिए । राज्यपालमा अहिलेसम्म १२ जनाको नाम अनुमति दिएको छैन् ।

उर्मिला २०१९ को लोकसभाको चुनावमा मुम्बई उत्तरी क्षेत्रबाट कांग्रेस तर्फबाट चुनाव लडेकी थिइन् । तर, उनी चुनावमा पराजित भइन् । पछि उनले मुम्बईका कांग्रेसको कामकाज गर्ने तरिकालाई लिएर पार्टी नै छाडीदिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot