Logo

कोरोनाबाट थप २१ जनाको मृत्यु



काठमाडौं, १६ मंसिर । कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १३ सय ४ थपिएका छन् । आज २ हजार ७३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ३३ हजार ४ सय ५२ संक्रमित भएपनि २ लाख १६ हजार ५ सय ९४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १६ हजार ६ सय ३३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसीआर परिक्षण भएको छ भने १६ हजार ६ सय ३३ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय १३ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्