Logo

यी सिमेन्टबाट उद्योगमा सवा अर्बको खेल



काठमाडौं, १६ मंसिर । सिमेन्ट उद्योगहरुले देशको अर्थतन्त्रमा ठुलो फाइदा पुर्याएको चर्चा चलने गरेको छ । तर, कतिपय उद्योगहरु वातावरण विनाश देखि देशमा राजश्व छल्ने र कमिशन दिएर छुट पाउने गर्न छाडेका छैनन् । यतिबेला उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा व्यापारीलाई सवा अर्ब रुपैयाँ राजश्व छुट दिएर केही करोड कमिशन खाने चलखेल बढेको छ । यसमा ठुलो गिरोह सक्रिय भएको छ ।

उद्योगमन्त्री लेखराज भट्टलाई प्रभावमा पारेर एक समूहले सिमेन्ट उद्योगहरुलाई एक अर्ब २६ करोड रुपैयाँ राजश्व छुट गराउन लबिङ गरिरहेका छन् । यसमा केही करोड दिएर मिलाउने चलखेल चलेको उद्योग मन्त्रालयको स्रोत बताउँछ ।

देशका विभिन्न स्थानमा सञ्चालित ९ वटा सिमेन्ट उद्योगहरूले स्वीकृत भन्दा धेरै क्षेत्रमा चुनढुंगा उत्खनन गरेका थिए । स्वीकृतभन्दा धेरै परिमाणमा चुनढुंगा निकालेका भन्दै खानी तथा भूगर्भ विभागले कारवाहीको सिफारिस गरेकोमा उनीहरुलाई जोगाउने चलखेल चलिरहेको हो । यसका लागि करोडौं रकमको चलखेल भएको छ ।

स्वीकृतभन्दा बढी प्राकृतिक स्रोत दोहन गर्नेमा ठूला खानीहरु छन् । नाम चलेका सिमेन्ट उद्योगहरु स्रोतको अति दोहन गरी चलखेल गरी राज्यलाई नोक्शान पुर्याउन खोज्दैछ । यस्ता सिमेन्ट उद्दोगहरुमा मारुती सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, डोलोमाइट चुनढुंगा प्रालि, सोनापुर मिनरल्स एण्ड आयल प्रालि, अन्नपूर्ण क्वारिज प्रालि, युनाइटेड सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कञ्चन क्वेरिज छन् । उनीहरुमाथि कारबाही सिफारिस भएको थियो । अर्ब रकमभन्दा बढी तिराउने निर्णय समेत भयो ।

एक अर्ब २६ करोड १९ लाख ४८ हजार रुपैयाँ तिराउनुपर्ने विभागको प्रस्ताव भएपनि चलखेल भएको छ । उद्योग मन्त्रालयले प्रस्ताव कार्यान्वायनमा चासो दिएको छैन । केही करोड रकममा मिलाएर उनीहरुलाई सचेत गराएर छाड्न लागिएको छ । पटक पटक सचेत गराउँदा पनि ती उद्योगले धेरै क्षेत्रमा उत्खनन गरेकाले कारबाही गर्नु परेको विभागका एक उच्च अधिकारी बताउँछन् । नियम मिच्ने ९ वटै सिमेन्ट कम्पनी एकजुट भएर कारबाहीबाट जोगिन लबिङ गरिरहेका छन् । बिचौलियाहरुको गोप्य स्थानमा भेटघाट चल्न थालेको छ । रकमको मोलतोल गरेर काम अगाडि बढाउन लागिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्