Logo

प्रचण्ड स्थायी हुँदै केन्द्रीय कमिटी राखेर छिनोफानो गर्न खोज्ने, ओली रोक्न खोज्ने



काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको आज बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बोलेका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षले बोलेको र प्रतिवेदनहरुमाथि छलफल अगाडि बढेको जानकारी दिए ।

सचिवालय बुधबार पनि बस्ने उनको भनाई थियो । १८ मंसिरका लागि तोकिएको स्थायी कमिटी बैठक पनि स्थगित नहुने श्रेष्ठले जानकारी दिए । अब नेकपा विवाद पार्टीको तल्लो निकायसम्म छलफलका लागि बढाइने भएको छ ।

अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरु स्थायी र केन्द्रीय कमिटी बैठकसम्म प्रतिवेदनहरु लगेर टुंगो लगाउने पक्षमा छन् । तर, अध्यक्ष ओली अन्तरिमकालको कमिटी भएको भन्दै त्यसको निर्णय नमान्ने पक्षमा छन् । उनी पार्टी बैठक रोक्न प्रयासरत छन् ।

दुई अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुनुलाई ओलीलाई सामान्य मानेका छैनन् । उनी सहमतिका साथ एउटै प्रतिवेदन छलफलमा प्रस्तुत हुनुपर्ने जिकिर गर्दै आएका छन् । यसकारण ओली र प्रचण्डबीचको टकराव झन् फैलदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्