Logo

कतार र साउदीबीचको विवाद मिलाउन लाग्यो ट्रम्प



एजेन्सी, १६ मंङसिर । ह्वाइट हाउसको बरिष्ठ सल्लाहकार र उनको टिम कतार र साउदी अरबको भ्रमणमा जाने भएका छन् । उनीहरु कतार र साउदीका छिमकी मूलूकहरुसंगको द्वन्द्वलाई न्युनीकरण गर्न छलफल गर्ने बुझिएको छ । ह्वाइट हाउसका उच्च अधिकारीले सञ्चारमाध्यम रिउटरलाई उक्त विषयमा आइतबार जानकारी गराएका हुन् । कुश्नर र टिमले साउदीका राजा मोहम्मद बिन सलमानलाई निओम शहरमा भेट्ने र कतारका शेख तमिम बिन हमाद अल थानीलाई भेट्ने जनाकारी दिएका छन् ।

कुश्नर र उनेको टिम साउदी र कतारका राजालाई भेट्न उत्सुक रहेको र विभिन्न सम सामायिक विषयमा छलफल गर्ने जनाइएको छ । आतंकबादलाई न्युनीकरण गर्न सन् २०१७ मा साउदी अरब, युएई, बेहराइन र इजिप्टले बतारसंग थल, जल र हवाई माभ्यमलाई बन्द गरेका थिए । कतारमाथि लगाइएको सम्पूर्ण आरोपलाई कतारले अस्वीकार गरिसकेको छ । उक्त विषयहरुमा छलफल गर्न र खाडी राज्यहरुमा मित्रता कायम गर्ने विषय मूख्य एजेन्डा रहेका जनाइएको छ । खाडी मूलूकहरुबीचको न्युुनीकरण गरी एकतामा जोड दिने विषयमा केन्द्रित रही छलफल हुने छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्